हामी परिक्षण प्रसारणमा छौ



सल्यान । खोलाले बगाएर बेपत्ता भएका सल्यान कालिमाटीका एक जनाको पाँच दिन पछि शव फेला परेको छ ।

कालिमाटी गाउँपालिका-६,का वडाध्यक्ष टेक बहादुर पुलामीका अनुसार खोजी गर्ने क्रममा सोमबार साँझ बर्दिया बासगढी नगरपालिका-१, बबई नदीको बाटुल्यमा कालिमाटी गाउँपालिका-६, का ६५ वर्षीय नर बहादुर दर्लामीको शव फेला परेको हो। 

१९ गते दशैंको टिकाको दिन आमाको घरबाट टिका लगाएर आफ्नो घर फर्किने क्रममा जुमखोलामा आएको बाढीको दर्लामीलाई बगाएको थियो । अहिले शव पोस्ट मार्टमका लागि सुर्खेत मेहलकुना अस्पतालमा लगिएको वडाध्यक्ष पुलामीले बताउनु भयो । 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार, ,  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्