हामी परिक्षण प्रसारणमा छौ



सल्यान । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको लागि सल्यान को प्रदेशसभा (१) मा सत्ता गठबन्धनका उमेदवार भिम प्रकाश शर्मा बिरुद्ध बागी उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका  एकराज डाँगीले आफनो उम्मेदवारी फिर्ता  लिनु भएको  छ ।

डाँगीले गठबन्धनका  आधिकारिक उमेदवार माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मा लाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता  लिएको जिल्ला निर्वाचन अधिकृत निमराज भट्टराई ले सल्यानन्युज लाई जानकारी दिनुभयो। जिल्ला निर्बाचन अधिकारी भट्टराई का अनुसार प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका डिल्ली बहादुर बुढाथोकी ले समेत आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। एकराज ले गठबन्धन का साझा शर्मा लाई पूर्ण रुपमा समर्थन गरेर जिताउने अभियानमा लाग्ने बताउनु भएको छ ।

एकराज को उम्मेदवारी फिर्तापछि प्रदेश सभा सदस्यका लागि  गठबन्धनका उमेदवार भिम प्रकाश शर्मा लाई समेत निकै सहज हुने गठबन्धन का नेताहरुले बताएका छन् । तर,प्रतिनिधि सभा तर्फ गठबन्धन विरुद्ध बागि उम्मेदवारी दिनुभएका नेपाली कांग्रेस का नेता तथा पुर्ब मन्त्री राजेन्द्र बहादुर शाह ले हालसम्म आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छैन।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार, ,  १ : २० बजे

प्रतिक्रिया दिनुहोस्