हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेपाली कांग्रेसले टिकट नदिएपछि पार्टी त्यागेर प्रतिनिधिसभा सदस्यका लागि सल्यानबाट स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस  नेता तथा पुर्ब मन्त्री राजेन्द्र बहादुर शाहलाई निर्वाचन आयोगले बुधबार दिउँसो ‘पुतली’ चुनाव चिह्न दिएको छ । 

निर्वाचन आयोगले आफ्नो घोषित कार्यक्रमअनुसार सबै उम्मेदवारहरूलाई बुधबार चुनाव चिह्न वितरण गर्ने क्रममा शाह ले ‘पुतली’ चिन्ह पाएका हुन् । यस्तै स्वतन्त्र उम्मेदवार जुद्द बहादुर सिंह ले क्रस खुकुरी चुनाव चिन्ह पाएका छ्न् ।

यसैगरी प्रदेश सभा (१) का स्वतन्त्र उम्मेदवार तुले सुनारले जेब्रा र रमेश बुढाथोकीले पानीको धारा चुनाव चिन्ह पाएका छन् ।सल्यान प्रदेश सभा (२) का स्वतन्त्र उम्मेदवार निर्मल सिंह ले लालटिन चुनाव चिन्ह पाएको जिल्ला निर्वाचन कार्यालय सल्यान का निर्वाचन अधिकारी निमराज भट्टराई ले जानकारी दिनुभयो ।

सल्यानमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रकाश ज्वाला,नेकपा एमाले बाट राजेन्द्र वीर राय र राप्रपा बाट नेत्रलाल श्रेष्ठ मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन चिन्ह वितरण संगै चुनावी माहोल थप तातिएको छ। खासगरी सल्यानमा गठबन्धनका उम्मेदवार प्रकाश ज्वाला,नेकपा एमाले का राजेन्द्र वीर राय र राजेन्द्र बहादुर शाह को त्रिपक्षिय चुनावी भिडन्त हुने देखिन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार, ,  ६ : ०० बजे

प्रतिक्रिया दिनुहोस्