हामी परिक्षण प्रसारणमा छौ



दाङ । तुलसीपुरबाट नेपालगंज तर्फ जाँदै गरेको हाइस पल्टिदा चार जना घाइते भएका छन् ।

बिहिवार तुलसीपुर अमिलिया सडकको भञ्ज्याङमा हाइस दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर गम्भिर घाइते भएका सवारी चालक बाँके निबासी २७ वर्षका राजन बिकलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

त्यसैगरी अन्य घाइते सहचालक तुलसीपुर-१३ निवासी २६ वर्षका नारायण कुवँर, तुलसीपुर उपमहानगरपालिका -१६ पहरे निवासी ५५ बर्षकी सरिता बस्नेत र दंगीशरण गाउँपालिका-१ बाँकी निवासी ५३ वर्षका टोपेन्द्र बहादुर विष्टको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ज ७९२ नम्बरको हाइस अनियन्त्रित भएर दिउँसो ३ बजे भञ्ज्याङमन पल्टिंदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले बताउनु भयो।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार, ,  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्