सल्यान । यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ । हिन्दु परम्परा अनुसार आज आइतबार कागको पूजा गरी कागलाई मीठा कुरा खाना खान दिइन्छ । उज्यालो दीपको पर्वका रुपमा मनाइने नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज देशभर हर्सउल्लास का साथ मनाउने प्रचलन छ।

हिजो साँझ यमदीप दान गरेसँगै यस वर्षको तिहार सुरु भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीप दान गर्ने चलन छ। 

यस्तै, भोलि सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाउने गरिन्छ। भोली बेलुकी नै लक्ष्मीपूजा गर्ने परम्परा छ । 

Error generating audio.

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार, ,  ६ : ३० बजे

प्रतिक्रिया दिनुहोस्