हामी परिक्षण प्रसारणमा छौ



 

सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थी नेता, कार्यकर्ताहरुले संसद विघटनको विरोधमा सल्यान श्रीनगरमा राँके जुलुस निकाल्दै प्रधानमन्त्री ओलीको पछिल्लो कदमको बिरोध गरेका छन् ।

बिहीबार साँझ जिल्लाको शारदा नगरपालिका श्रीनगरका बिभिन्न भागमाबाट निस्केका राँके जुलुसमा प्रधानमन्त्री ओली बिरुद्ध कार्यकर्ताले चर्को नाराबाजी गरेका थिए ।

मसाल जुलुसमा सहभागिहरुले केपी ओली मुर्दावाद, असंवैधानिक कदम खारेज गर, लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद लगायतका नारा लगाएका थिए ।

बिहिबार बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको वैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केन्द्रको निर्णय अनुसार सल्यानमा पनि बिरोध स्वरुप पहिलो चरणमा मसाल जुलुश निकालिएको अनेरास्ववियू सल्यानका जिल्ला संयोजक चेतन गिरीले सल्यानन्युजलाई बताए ।

गिरीका अनुसार सल्यानमा पनि अब दैनिक बिरोधका बिभिन्न कार्यक्रम हुनेछन् ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार, ,  ९ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्