हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । दाङ तुलसीपुरबाट रोल्पाको सिमपानी जाँदै गरेको लु १ ज १४२४ नम्बरको सफारी जिप सल्यान कपुरकोट गाउँपालिका १ सारपानी खोरबारेमा आइतबार दिउँसो दुर्घटना भएको हो । 

दुर्घटनामा परी सल्यान त्रिवेणी गाउँपालिका २ सिमखोलाकी ४२ वर्षीया निम कुमारी बुढा, शोही ठाउँकी २५ वर्षीया रिमा कुमारी बुढा, रोल्पा त्रिवेणी गाउँपालिका ४ सिमपानी की २१ वर्षीया प्रगति घर्ती, २२ वर्षीया झरना घर्ती ५४ वर्षीय बम घर्ती, ४६ वर्षीय रणविर घर्ती, ५१ वर्षीय गंगा प्रसाद राना र सल्यान त्रिवेणी गाउँपालिका २ सिमखोलाका ४८ वर्षीय खडक बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते सबैलाई प्रदेशिक अस्पताल दाङ तुलसीपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । घाइते मध्ये निम कमारी, रिमा र प्रगतिको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको उहाँको भनाई छ । 

उकालो चड्ने क्रममा चड्न नसकी व्याक हुँदा जिप सडकबाट अन्दाजी ४५ मिटर तल खसेको छ । जिपमा १५ जना यात्रु सवार रहेका थिए । जिप चालक दाङ तुलसीपुर उपमहानगरपालिका ३ का प्रेम बहादुर ओलीलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार, ,  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्