हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । आज भएको सूर्य ग्रहण नेपालमा पनि केहिबेर अघिदेखि सुरु भएको छ । नेपालमा मंगलबार दिउँसो ४ बजेर ४७ मिनेट जाँदा खण्डग्रास सूर्य ग्रहण सुरु भएको हो । नेपालको पश्चिमी सहर महेन्द्रनगरबाट सुरुमा देखिने सूर्य ग्रहण विस्तारै पूर्वी भेगमा सर्दै जाने बताइएको छ ।

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिका अनुसार सूर्य ग्रहण महेन्द्रनगरमा ४ः४७मा, पोखरामा ४ः५१, काठमाडौंमा ४ः५४, भद्रपुर र जनकपुरमा ४ः५८ बजे देखिने छ। 

काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिले जनाएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार, ,  ५ : १४ बजे

प्रतिक्रिया दिनुहोस्