हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सल्यान क्षेत्र नम्बर (क) का उम्मेदवार भिम प्रकाश शर्मा ले आफ्नो ध्यान समग्र सल्यानी जनताको उन्नतिको लागि र भौतिक पुर्वाधार निर्माणमा रहने बताउनु भएको छ। प्रदेश सभा सल्यान क्षेत्र नम्बर (क) अन्तर्गत बागचौर नगरका विभिन्न वडा मा आफ्नो चुनावी अभियानका क्रममा मतदाताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै नेता शर्मा ले सो कुरा बताउनुभएको हो। 

शर्मा ले बागचौर नगरपालिकाको थाराचौर, सोतागार, रामपुर खाली, पुतलीबासका मतदाताहरुसँग भलाकुसारी गर्नु भएको छ  । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सबैको घरआगनमा आइरहेको समयमा तिहारको शुभकामना साटासाट गर्दै शर्माले मतदातालाई मत माग्नु भएको छ । क्रमैसँग सबै मतदातालाई भेट्ने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।

चुनावी भेटघाटका क्रममा उम्मेदवार तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माले भन्नुभयो–’सल्यानको विकास राष्ट्रिय रुपमै कसले भूमिका निभाउन सक्छ भन्ने तपाईहरुलाई थाहै छ । चासो राख्नु भएकै छ । तपाईहरुको चासो, चिन्ता र शुभेच्छालाई मैले सधैं आत्मसात गर्नेछु ।’

पाँच दलिय गठबन्धन गर्दा सल्यानमा प्रदेश सभा सदस्य (क) मा माओवादीको भाग परेकाले आफू (क) को मात्र प्रतिनिधि नभएर जिल्लाकै माओवादीको प्रतिनिधि भएको बताउनु भयो । आफू साझा उम्मेदवार भएकाले विकास निर्माण देखि अन्य सम्पुर्ण काम साझा रुपबाट नै गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । 

आफू जनताले बोलाउँदा सधै जनप्रतिनिधिको हिसाबमा हाजिर हुने प्रतिवद्धता समेत शर्माले गर्नुभयो।आफुले राजनीति पैसा कमाउन नभै सेवाको भावले प्रेरित भएर सुरु गरेको शर्मा ले बताउनु भयो। 

प्रदेश सभा सदस्य सल्यान क्षेत्र नम्बर (१) का उम्मेदवार समेत रहनु भएका भिम प्रकाश शर्मा ले चुनावी अभियानका क्रममा सबै उम्मेदवार र राजनीतिक दल घरदैलोमा आउनु स्वभाविक भएपनि यसपटक सल्यानमा गठबन्धन आबद्ध दलका उम्मेदवारलाई जिताउन अपिल गर्नुभएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार, ,  १ : १९ बजे

प्रतिक्रिया दिनुहोस्