हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा गठवन्धन दलकाे संयुक्त निर्वाचन परिचालन कार्यालय सदरमुकाम खलंगामा स्थापना गरिएकाे छ।

मंगलबार आज निर्वाचन परिचालन समितिका संयाेजक नेकपा माओवादी केन्द्रका पाेलिटव्युराे सदस्य तथा पुर्व मन्त्री टेक वहादुर वस्नेतले कार्यालयकाे उद्धाटन गर्नुभएकाे थियाे । लगत्तै भएकाे पत्रकार सम्मेलनमा नेता वस्नेत,संघिय प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा ( एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला, नेपाली कांग्रेस का जिल्ला सभापति केश वहादुर विष्ट लगाएतले आ-आफना धारणा राख्नु भएकाे थियाे ।

उक्त कार्यक्रमकाे संचालन निर्वाचन परिचालन कमिटी सचिव रत्नबहादुर ओलीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार, ,  ११ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्