हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा शुक्रबार साँझ नयाँ आठ मन्त्री नियुक्त गरेका छन् ।

शुक्रबार साँझ नियुक्त भएका आठजना मन्त्रीले राष्ट्रपति विद्यादेवी भन्डारी समक्ष सपथ लिएका छन् । आज प्रधानमन्त्री ओलीले एकजना राजमन्त्री नियुक्त गरेका छन् भने ६ जना मन्त्रीको मन्त्रालय समेत हेरफेर गरेका छन् । त्यसैगरी ओलीले युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतिलाल दुगडलाई पुनर्गठनको क्रममा मन्त्रीमण्डलबाट हटाएका छन् ।

कस्ले पाए कुन मन्त्रालय ?

टोपबहादुर रायमाझी ‐ उर्जा
मणि थापा ‐ खानेपानी
प्रभु साह ‐ शहरी विकास
प्रेम आले ‐ वन
गणेश ठगुन्ना ‐ सामान्य प्रशासन
गौरी शंकर चौधरी ‐ श्रम
दावा लामा ‐ युवा तथा खेलकुद
जुली कुमारी महतो ‐ महिला बालबालिका
विमला विश्वकर्मा ‐ उद्योग राज्यमन्त्री

मन्त्रालय हेरफेरमा को को ?

भानुभक्त ढकाल ‐ पर्यटन
हृदयेश त्रिपाठी ‐ स्वास्थ्य
लीलानाथ श्रेष्ठ ‐ कानुन
शिवमाया तुम्बाहाङ्फ ‐ भूमिसुधार
पद्मा अर्याल ‐ कृषि
कृष्ण गोपाल श्रेष्ठ‐ शिक्षा

संसद विघटनलाई आत्मघाती भन्ने पनि मन्त्री !

यसैबिच प्रधानमन्त्री केपि शर्मा ओलीको संसद विघटनको कदमलाई आत्मघाती भन्दै बिरोध गरेको नेकपाका सांसद तथा प्रचण्ड निकट मानिने नेता प्रभु शाह पनि आजको मन्त्रीमण्डलमा परेका छन् ।

केहिदिन अघि सामाजिक संञ्जाल फेसबुक मार्फत ओलीको कदमलाई कडा बिरोध गरेका शाह आज ओली नेतृत्वको सरकारको सहरी बिकास मन्त्री बनेका छन् । तस्बिर सौजन्य – रातोपाटी

 

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार, ,  ९ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्