हामी परिक्षण प्रसारणमा छौ



सल्यान । जिल्ला निर्वाचन कार्यालय सल्यानले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा नमुना मतदान गरेको छ ।

नमुना मतदान कार्यक्रम अन्तर्गत आज शारदा नगरपालिका-२,पुरानो बसपार्क मा सम्पन्न मददानमा प्रतिनिधि सभा प्रत्येक्ष तर्फ ६७ मत खसेकोमा २३ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराई ले जानकारी दिनुभयो।

यस्तै दार्मामा भएको नमुना मतदानमा प्रतिनिधि सभा समानुपातिक तर्फ ६ दशमलव ४ प्रतिशत मत बदर भएको छ । दार्माका ३२ स्थायी मतदाता र ६ अस्थायी मतदाताले मतदान गर्दा ६ दशमलव ४ प्रतिशत मत बदर भएको  जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनु भयो । 

यस्तै बागचौर नगरपालिकामा १ मत बदर भएको छ भने
यसपटक प्रत्येक मतदाताले ४ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । पहिलो मतपत्रमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारलाई मतदान गरिसके पछि प्रतिनिधिसभाकै समानुपातिक तर्फका उम्मेदवारका लागि, त्यसपछि तेस्रो मतपत्रमा प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारलाई र चौथो मतपत्रमा प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवारलाई मतदान गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भट्टराईका अनुसार सल्यानका  १० वटै पालिकामा नमुना मतदान कार्यक्रम गरिने छ । स्थानीय तहको निर्वाचनमा मत बदर हुने भएपछि उक्त बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनु भयो । 

नमुना मतदानको अभ्यास गरेपछि आगामी मङ्सिर १ गतेसम्म प्रत्येक पालिकाको वडामा चयन गरिएका महिला स्वास्थ्य स्वयंसेविकाले १५ दिन स्थानीयको घरदैलोमा गएर मतदाता शिक्षा सञ्चालन गर्ने जिल्ला निर्वाचन अधिकारी भट्टराई को भनाई छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार, ,  ६ : १५ बजे

प्रतिक्रिया दिनुहोस्