हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं। काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

आज साँझ अन्दाजी सवा ६ बजेतिर धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी लोकमार्गमा बा ४ ख ५७९० नम्बरको बस दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्याम बहादुर खत्रीका अनुसार गाडी पानीमा नडुबेको र घाइतेहरुको उद्धार सुरु भइसकेको छ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिरहेको र १६ घाइतेलाई अस्पताल पठाइएको प्रहरी चौकी जोगिमाराले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार, ,  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्