हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यान का वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं कर्णाली प्रदेश का पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानमा गठबन्धनका उम्मेदवारले अन्य उम्मेदवार भन्दा भारी मत अन्तरले मंसिर ४ गतेको चुनाव जित्ने बताउनु भएको छ ।

शनिबार शारदा नगरपालिका-२ श्रीनगर सल्यानमा आयोजित एक कार्यक्रममा गठबन्धनले चुनाव जित्ने आधार प्रष्ट पार्दै ज्वालाले भन्नुभयो, “अहिलेको बाम लोकतान्त्रिक गठबन्धनले समग्रमा प्रगतिशील एजेण्डा बोकेको छ । यस्तै नेपाली जनताको ठुलो त्याग र बलिदानीबाट प्राप्त  गरेको संविधानको रक्षा गठबन्धनको पहिलो शर्त बनेकोले सल्यानमा मात्र नभएर गठबन्धनका देशभरका साझा उम्मेदवार ले चुनाव जित्नेछन् ।”

सोही कार्यक्रममा ज्वालाले नयाँ संविधान मार्फत् प्राप्त भएको संघीय गणतन्त्र र कानुनी राज्यको पक्षमा देशभर गठबन्धन उभिएको बताउनुभयो । उहाँले सल्यानको समग्र विकास निर्माणको अगुवाइ अब लोकतान्त्रिक बामगठबन्धन दलले गर्ने प्रतिवद्धता जनाउदै कार्यक्रममा ज्वालाले भन्नुभयो,”सल्यानी जनताको चाहना पनि सबै मिलेर आउन भन्ने छ । त्यसमाथि हामी गठबन्धनका साझा उम्मेदवारले सल्यानको बिकास मा सबै मिलेर जाने बाचा गरेका छौँ ।’

एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव तथा प्रतिनिधि सभा सल्यानका उम्मेदवार समेत रहनु भएका ज्वालाले जनताले संविधान विरोधी तत्वलाई राम्रोसँग चिनिसकेको बताउँदै सल्यानमा गठबन्धनलाई जनताले जिताउँने निश्चित रहेकाले गठबन्धनमा आबद्ध राजनीतिक दल पनि विकास र सम्बृद्धिका लागि जनताप्रति जवाफदेही हुनुपर्ने समेत बताउनु भयो ।

आज गठवन्धन दलहरूकाे संयुक्त कार्यकर्ता भेला जिल्लाको शारदा नगरपालिकाकाे श्रीनगर र वरलामा, शिद्धकुमाखकाे ढाेरचाैरमा सम्पन्न भएकाे छ । कार्यक्रममा निर्वाचन परिचालन समितिका संयाेजक टेक वहादुर वस्नेत सहित, गठवन्धन दलका नेता र साझा उम्मेदवार संघिय प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश ज्वाला, प्रदेश सभा (क) का उम्मेदवार भिम प्रकाश शर्मा, प्रदेश सभा (ख) का उम्मेदवार सुरेश अधिकारी लगाएतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।


प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार, ,  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्