हामी परिक्षण प्रसारणमा छौ




सल्यान । सल्यान साहित्य उत्सव बागचौर नगरपालिकाको पेदिखोलामा आज भब्यताका साथ सम्पन्न भएको छ । सल्यान प्रेस मिडिया प्रोमोसन प्रालिको आयोजनामा सल्यान साहित्य उत्सव सम्पन्न भएको हो ।

सनिवार साहित्य उत्सव बागचौर नगरपालिका ४ को पेदिखोलामा स्थित सरस्वती माबीको प्राङ्गानमा सप्पन्न भएको हो । उत्सव कार्यक्रमको अध्यक्षता सल्यान प्रेस मिडिया प्रोमोसन प्रालि अध्यक्ष खेमराज सुनारले गर्नुभएको थियाे।

पुरातात्त्विक संरचनाको खोजी र साहित्यिक सिर्जना ,अग्रज श्रस्टाको सम्मान र अनुजको जगेर्ना भन्ने मुल नाराका साथ भएको साहित्य उत्सव कार्यक्रममा साहित्यकार तथा गजलकार हरु दैलेखका महेन्द्र चन्द महासागर , सुर्खेतका धिरेन अनुपम, मकवानपुरकि संगीता थापा, धनकुटाका इस्वर दाहाल,दोलखाकि सुशिला श्रेष्ठ ,दाङ्गका वसन्त वलि बसन्ती ,अछामका कृष्ण विरही , पुनम धमला ,जाजरकोटका भावुक रिदम बाबू , पुष्कर पराग चन्द ,रुकुम पुर्वकि जमुना गौतम ,उर्मिला गौतम सल्यानका टि.आर.शर्मा’अथकमनु’ र मनोज दाहाल’मनु लगायतले आ-आफ्ना रचना बाचन गरि माहोल साहित्यमय बनाउनुभएको थियो ।

साहित्य उत्सव कार्यक्रमको प्रमुख अथिती राप्ती साहित्य परिषदका केन्दिय सल्लाहाकार आदर्निय डा॰ पुर्ण पंकच भण्डारी ले गर्नु भयको थियो भने यस कार्यक्रमको संचालन रुकुम पुर्बकि संचारकर्मी उर्मिला गौतमले गर्नु भएको थियो गजल बाचन र मुक्तक बाचनको संचालन कार्यक्रमका संयोजक तारादेब शर्मा पर्दसन ले गर्नु भएको थियो ।

उक्त उत्सब कार्यक्रममा धनकुटा, दोलखा, मकवानपुर, दाङ्ग नेपालगन्ज, सुर्खेत, दैलेख, जाजरकोट,अछाम रुकुम पुर्ब र सल्यान लगायतका साहित्यकारहरुले साहित्य सिर्जना बाचन गरेर कार्यक्रमको मन्च ततएका थिए कार्यक्रम जिल्लामा हाल सम्मकै भब्य भएको उपस्थिति सबैले र आयोजकले बताएको छ साहित्य उत्सव कार्यक्रम उत्कृष्ट र जिल्लाइ जिनाउन लाएक भएको बताइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार, ,  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्