हामी परिक्षण प्रसारणमा छौ




काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० हुग्दीखोलामा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएका १९ घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी श्यामबहादुर खत्रीका अनुसार आज साँझ काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको बा ४ ख ५७९० नम्बरको बस त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा बसका चालक धादिङ गल्छी गाउँपालिका–८ का २४ वर्षीय सुमन तमाङको टाउकोमा गम्भीर चोट लागेको र अन्य १८ जनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी खत्री का अनुसार चालकसहित सबै १९ घाइतेलाई थप उपचारका लागि आज साँझ साढे ८ बजे तिर थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार, ,  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्