हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले संविधान जोगाउन र गठबन्धनका उम्मेदवारलाई जिताउन सल्यानका विभिन्न स्थानमा हुने चुनाव प्रचार प्रसारका कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला दौडाहामा निस्कनुभएको छ ।

गठबन्धनको जिल्ला निर्वाचन परिचालन समितीको संयोजक समेत रहनु भएका बस्नेतले आफु संसाद हुँदा दुई कार्यकाल संविधान बनाउन र संसद्को एक कार्यकाल संविधान जोगाउनमा लागेकोले आफुले खासै सोचेजस्तो काम गर्न नपाएको भएपनि अब यसपटक गठबन्धनका उम्मेदवारलाई जसरी पनि जिताएर जिल्लामा आफुले सुरु गरेका अधुरा योजना पुरा गराउने बताउनु भयो ।

आइतबार मतदाताहरूसँग जिल्लाको त्रिबेणी गाउँपालिका र कालिमाटी गाउँपालिकाका विभिन्न वडाहरुमा संयुक्त गठबन्धनको घरदैलो कार्यक्रममा बस्नेत सहित,पार्टीका केन्द्रीय सदस्य तिलकराज भण्डारी,प्रतिनिधि सभा समानुपातिक उम्मेदवार रत्न बहादुर ओली(तुफान),टिका बुढाथोकी र प्रदेश सभा समानुपातिक उम्मेदवार लक्ष्मी बोहराले गठबन्धनका तिनै जना उम्मेदवारलाई जिताउन आग्रह गर्दै मतदातासंग मत माग्नुभयो ।

माओवादी केन्द्रका तिनै जना समानुपातिक उम्मेदवारले प्रत्येक्ष तर्फका गठबन्धनका साझा उम्मेदवार प्रकाश ज्वाला,भिम प्रकाश शर्मा र सुरेश अधिकारीलाई जिताउन र समानुपातिक तर्फ माओवादी केन्द्रको चुनाव चिन्ह मा मत माग्नु भएको छ।आफुहरु समानुपातिक सदस्य भए नागरिकका समस्या सम्बोधन र सल्यानि जनताकै पक्षमा काम गर्ने बताउनु भयो ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार, ,  ४ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्