हामी परिक्षण प्रसारणमा छौ




सल्यान । बझाङ जिल्लाको पटादेवल केन्द्रबिन्दुकेन्द्रबिन्दु बनाएर आज केहिबेर अघि ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बझाङको पटादेवल केन्द्रबिन्दु भएर भूकम्प गएको हो । सनिवार राति ८ बजेर १२ मिनेटमा गएको भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलाली सहित कर्णाली प्रदेशका सल्यान लगायत लुम्बिनी प्रदेशमा समेत धक्का महसुस गरिएको छ ।

भूकम्पको धक्काबाट भएको क्षति बारे हाल सम्म कुनै जानकारी नआएको सुदुरपश्चिम् प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार, ,  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्