सल्यान ।जिल्ला प्रशासन कार्यालय सल्यानले प्रदान गर्दै आएको अत्यावश्यक वाहेकका सेवा कर्मचारी अभावका कारण स्थगन गरेको जनाएको छ ।


आउँदो मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा आवश्यक कर्मचारी खटाउन परेको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण अत्यावश्यक वाहेकका सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो ।

प्रशासनले मंगलबार एक सुचना जारी गर्दै आज बुधबार ३० गतेदेखि आगामी मंसिर ५ गते सम्म राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा स्थगन गरिएको सूचनामा उल्लेख छ ।

निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न स्थानीय प्रशासन अहोरात्र तल्लीन रहेको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले भन्नुभयो,“शान्ति, सुरक्षा, विपद व्यवस्थापन, नागरिकता वाहेकका सेवाहरु बुधबारदेखि मंसिर ५ गते सम्मलाइ स्थगित गरिएको छ।,“मंसिर ४ को निर्वाचन सम्पन्न गर्न कर्मचारीहरु खट्ने भएका कारण सेवा बन्द गर्नुपरेको हो ।”

जिल्लाको शान्ति सुरक्षालाई ध्यान दिएर हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवं नेपाली सेनाले नियमित गस्तीलाई निरन्तरता दिइरहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

Error generating audio.

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार, ,  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्