हामी परिक्षण प्रसारणमा छौ



सल्यान । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सल्यानमा ४० वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् ।

जिल्लाका १० वटा स्थानीय तहमा रहेका २ अस्थायीसहित १ सय १९ मतदानस्थल रहेको सल्यानमा ४० मतदानस्थललाई अति संवेदनशिलको ठहर गरिएको हो । प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा जिल्लाका १० स्थानीय तहका सबै क्षेत्रका मतदानस्थल अति संवेदनशील रहेको र जिल्लाको भौगोलिक विकटताका र दुर्गमताको आधारमा ४० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो ।

निर्वाचनको समयमा अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलमा सुरक्षाका लागि त्यहि किसिमले सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिनुभयो । ‘सामान्यमा १०, संवेदनशीलमा १५ र अति संवेदनशील मतदानस्थलमा १८ देखि २० जनासम्म सुरक्षाकर्मी खटाइनेछ।’ आचार्य ले भन्नुभयो। जिल्लाका ४० अति संवेदनशील र ६१ संवेदनशील मतदानस्थल भए पनि अहिलेसम्म कुनै अप्ठ्यारो नभएको उहाँको भनाइ छ ।

जिल्लामा १० स्थानीय तहमा कुन पालिकामा कति भनेर खुलाउन नसके पनि सबै पालिकाका मतदानस्थललाई अति संवेदनशील र संवेदनशीलको सूचीमा राखिएको र अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सामान्यभन्दा बढी सुरक्षाकर्मी पठाउने तयारी भैरहेको अनि जिल्लाभरका लागि १ हजार ९ सय ५० सुरक्षाकर्मीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी दिनुभयो ।




प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार, ,  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्