हामी परिक्षण प्रसारणमा छौ



सल्यान । प्रचण्ड–माधव नेतृत्वको (नेकपा) को सल्यानमा मंगलबार भएको बिरोध सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य प्रकाश ज्वालाले संविधान र लोकतन्त्रमाथि नै ओलीले हमला गरेको बताएका छन् । ज्वालाले ओलीको अलोकतान्त्रिक र प्रतिगमनकारी कदमले फेरी पनि नेपाली जनता सडकमा उत्रनलाई बाध्य पारीएको बताए ।

 

मंगलबार जिल्लाका १० ओटै स्थानीय तहबाट आएका पार्टी कार्यकर्ताको बिरोध सभामा बोल्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका प्रकाश ज्वालाले अब आउने निर्वाचनमा ओली समूह एकैपटक पत्तासाप हुने उद्घोष गरे । जनताको विश्वासमाथि कुठाराघात गर्ने ओली र उनको समूहलाई आउने निर्वाचनमा जनताले उनको औकात देखाइदिने बताए ।

 

ओलीले विघट्न गरेको प्रतिनिधि सभा पूर्णस्थापना नगरे उनी सिहंदरवार र बालुवाटारबाट समेत लखेटिने बताए । सरकार, सेना प्रहरी समेत रहेको ज्ञानेन्द्रलाई हटाउन सफल भएका नेपाली जनतालाई ओलीलाई बालुवाटारबाट लखेटन कुनै आइतबार कुर्नु नपर्ने समेत बताए ।
सल्यान ।

 

विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्वालाले केपी शर्मा ओलीको समुहमा सल्यान जिल्लामा रहेका भनिएका जतिलाई कान्छो राप्रपाको रुपमा हेर्नुपर्ने बताए ।
उनले भने, ‘सल्यान जिल्ला हामीले सिंगो नेकपामय बनाएका छौं, दुई चारजना मात्रै केपी ओलीको पक्षमा हुनुहुन्छ । उहाँहरु पनि अब हाम्रै लाइनमा आउनु हुन्छ । केपी ओलीको पक्षमा राप्रपाबाट आएका मात्रै हुनुहुन्छ । उहाँलाइ अब कान्छो राप्रपा भन्दा पनि हुन्छ, ठुलो राप्रपा त अर्काे छ ।’

 

नेकपा आधिकारीक पार्टी र सुर्य चिन्ह आफुहरुको नै हुने भन्दै नेता ज्वालाले अब केपी ओलीको अस्तित्व सकिएको बताए । उनले अब गाउँगाउँमा गएर पार्टी कमिटीलाइ तिब्रता दिने, संगठनहरु बनाउने र युवाहरुलाइ माथी उठाउने बताए । उनले भने, ‘अब युवाहरु तलमात्रै बस्ने होइन, माथी उठ्नुपर्छ, हाम्रो ठाउँमा आउनुपर्छ ।’

 

कार्यक्रमलाई पूर्वमन्त्री,नेकपाका केन्द्रीय सदस्य तथा सल्यान इन्चार्ज टेक बहादुर बस्नेत, पुर्व संविधान सभा सदस्य उमाकान्त शर्मा, सल्यान प्रदेश सभा १ का इन्चार्ज कृति बहादुर पुन, २ का इन्चार्ज उदय बोहरा, प्रदेश कमिटी सदस्य भिम प्रकाश शर्मा, धिरेन्द्र रावत, निम बहादुर केसी, भद्रसिंह बुढा, हरि केसी, विधायक सदस्य टिका बुढाथोकी लगाएतले सम्बोधन गरेका थिए । सोही कार्यक्रममा जनता समाजबाद पार्टी सल्यानका अध्यक्ष सन्तोष कुमार राई सहित सिंगो जिल्ला कार्यसमिती नेकपा प्रचण्ड ‐ माधव नेतृत्वको नेकपामा प्रबेश गरेका थिए ।

प्रदेश कमिटी सदस्य कर्ण बहादुर बुढाथोकी (छहारी) को अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन रमेश गौतमले गरेका थिए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार, ,  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्