हामी परिक्षण प्रसारणमा छौ



दाङ। दाङ क्षेत्र नं. २ को प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रबाट रेखा शर्मा निर्वाचित हुनुभएको छ। प्रतिद्वन्द्वी  नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई १९६ मतान्तरले हराउँदै शर्मा दाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।​ 

गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रेखा शर्माले २६ हजार ८ सय ७७ मत ल्याउनुभएको छ भने शंकर पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नुभएको छ। रेखा शर्माको जित पछि अहिले सत्ता गठबन्धनको विजयी र्‍याली सुरू भएको छ। 

यसैगरी प्रदेशसभा तर्फ गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसकै दाङ क्षेत्र नं.-२(१) मा राजुु खनाल र २(२) मा प्रचण्ड न्यौपाने (गुन्टु)निर्बाचित हुनुभएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार, ,  ११ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्