हामी परिक्षण प्रसारणमा छौ



सल्यान । नेकपा प्रचण्ड–माधव समूहको बिरोध सभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री टेकबहादुर बस्नेतले केपी शर्मा ओली काम गर्न नसक्ने असक्षम ब्यक्ति भएको बताए ।

जिल्लाका १० ओटै स्थानीय तहबाट आएका जुलुस सहितको प्रदर्शन संगै सुरु भएको बिरोध सभामा बोल्दै बस्नेतले आफुले आफैलाई सर्बशक्तिमान ठान्ने केपी ओली साँच्चिकै वीर भएको भए संसदमा फेस गर्न किन तयार नभएको ? भनी प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् ।

ओलीका पछिल्ला कदमले स्वयंम उनलाई नै ठुलो नोक्सान हुने भन्दै बस्नेतले ओलीलाई कायर र लाक्षी भएको बताए । संविधानका प्रत्येक धारा शहीदको रगतले सिन्चिएर बनेको बताए ।

उनले भने, ‘ यो संविधानमा ३५ वटा भाग छन्,३०८ वटा धाराहरु छन् । प्रत्येक भाग र प्रत्येक धाराहरुमा नेपाली जनताको पसिना र शहीदको रगत सिन्चिएको छ । त्यसैले आजको बिरोध सभा संविधानलाई कुल्चनेका बिरुद्धको हो । ’ बस्नेतले नेकपा पाटी र चुनाब चिन्ह सुर्य प्रचण्ड र माधव नेतृत्वको नेकपाको भएको कुरा जनतामा बुझाउन पनि आफुहरु आज भेला भएको बताए ।

उनले भने,‘आजको यस जनमासले के कस्लाई आधिकारीक पार्टी मान्छ ? हामी नै हौं आधिकारीक नेकपा सल्यानमा ।’ यस्तै पुर्व सामान्य प्रसाशनमन्त्री समेत रहेको बस्नेतले संविधान विघटन गरेर ओलीले आफ्नो चिहान आफै खनेको बताए । संविधानको मर्म र भावना विपरित ओलीले प्रतिनिधि सभाको विघट्न गरेको बताए ।

 

कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य प्रकाश ज्वाला,पुर्व संविधान सभा सदस्य उमाकान्त शर्मा, सल्यान प्रदेश सभा १ का इन्चार्ज कृति बहादुर पुन, २ का इन्चार्ज उदय बोहरा, प्रदेश कमिटी सदस्य भिम प्रकाश शर्मा, धिरेन्द्र रावत, निम बहादुर केसी, भद्रसिंह बुढा, हरि केसी, विधायक सदस्य टिका बुढाथोकी लगाएतले सम्बोधन गरेका थिए ।

प्रदेश कमिटी सदस्य कर्ण बहादुर बुढाथोकी (छहारी) को अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन रमेश गौतमले गरेका थिए । कार्यक्रममा जनता समाजबाद पार्टी सल्यानका अध्यक्ष सन्तोष कुमार राई सहित सिंगो जिल्ला कार्यसमिती नेकपा प्रचण्ड ‐ माधव नेतृत्वको नेकपामा प्रबेश गरेका थिए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार, ,  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्