हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा को समानुपातिक तर्फको मतगणना जारी छ।अहिले पछिल्लो अपडेट अनुसार हालसम्म ३७ हजार ५ सय ७२ मतगणना गर्दा नेकपा एमालेले ११ हजार ९ सय ५३ मत ल्याएर पहिलो स्थानमा रहेको छ ।

यस्तै नेपाली कांग्रेसले १० हजार ८ सय ९९ मत ल्याएर दोस्रो स्थानमा छ भने माओवादीले ५ हजार ३ सय ३५ मत ल्याएर तेस्रो स्थानमा छ । एकीकृत समाजवादीले ३ हजार ६६ मत ल्याएर चौथो स्थानमा रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ९ सय ४४ मत ल्याएर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार, ,  ३ : १६ बजे

प्रतिक्रिया दिनुहोस्