हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बिहिबार आज सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नगर कार्यपालिका बैठक सम्पन्न भएको छ ।

बैठकमा विभिन्न निर्णयहरु पारित गरिएको वडा नम्वर ३ वडा अध्यक्ष तथा प्रवक्ता धनबहादुर पुनमगरले जानकारी दिनुभयो ।

प्रबक्ता पुनमगरका अनुसार टोलटोलमा गएर खेतीयोग्य जग्गाको भू वर्गीकरण गरि २१ गते सम्म नगरपालिकामा बुझाउने, वर्षाको समयमा सरसफाइ गरिएको सडकको भुक्तानी दिने, वर्षाको समयमा क्षति  भएको घर तथा ठाउको अनुगमन तथा मुल्यांकन गर्ने निर्णय भएको छ ।

यस्तै कार्यपालिका बैठकले सडक बाहेक योजनाको समितिहरु बनाएर छिटो सम्झौता प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको प्रवक्ता पुनमगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार, ,  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्