काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा नेकपा (एमाले) अझै अग्रस्थानमा रहेको छ।
शुक्रबार आज बिहान आठ बजेसम्म प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले)ले २७ लाख ७२ हजार ९८५ मत पाएर पहिलो स्थानमा रहेको छ। नेपाली कांग्रेसले २६ लाख ४३ हजार २९६ मत ल्याएर दोस्रो स्थान कायम गरेको छ।
नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६१ हजार १७३ मत पाएर तेस्रो स्थान कायम गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजा ४१६ मत ल्याएर चौथो स्थान कायम गरेको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाँच लाख ८५ हजार ८८७ मतसहित पाँचौँ स्थानमा रहेको छ भने जनता समाजवादी पार्टी (जसपा)ले चार लाख २० हजार ९२८ मतका साथ छैटौँ स्थान पक्का गरेको छ ।
हाल यो समाचार तयार पार्दा सम्म एक करोड तीन लाख ७९ हजार ३५८ मत गणना गर्दाजनमत पार्टी तीन लाख ९४ हजार ३४०, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९४ हजार १८, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६५७, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एक लाख ६७ हजार २७८ मत प्राप्त गरेको निर्वाचन आयोगको पछिल्लो अपडेटमा उल्लेख गरेको छ।
Error generating audio.