हामी परिक्षण प्रसारणमा छौ



सल्यान । एकीकृत अखिल नेपाल शिक्षक संगठनको दोस्रो  बागचाैर नगर सम्मेलनले नरेशकुमार केसीकाे अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेकाे छ।

सनिबार बागचौरमा सम्पन्न दाेस्राे बागचाैर नगर सम्मेलनले नरेशकुमार केसीकाे अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेकाे छ। जसकाे वरिष्ठ उपाध्यक्षमा मुक्तिनाथ शर्मा, महिला उपाध्यक्ष पार्वता खडका, सचिव लाेकेन्द्र बुढाथोकी र काेषाध्यक्ष दिपेन्द्र वली चयन हुनुभएको छ।

यसैगरी कार्यसमिति सदस्यमा हेमराज डिसी,बिर्भ बुढाथोकी ,लक्ष्मण पुन,हरि कवर,प्रदिप भण्डारी,रमादेबि वली,बिरेन्द्र परियार,निर्मला वली,धमिन्द्रा बाठा,ओमकार वली,ललित वली चयन हुनुभएको छ ।

यस्तै सम्मेलनले कमला शर्मा,पबित्रा शर्मा,मोति बुढाथोकी,लोक बहादुर वली,दम्बर डिसी,बिनोद वली,बिर बहादुर वली र तेजेन्द्र बिकलाई सर्बसम्मत कार्यसमिति सदस्यमा चयन गरेको छ ।

दार्मा गाउँपालिकामा कबि कुमार चन्दको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति

यसैगरी सनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको  दार्मा गाउँ सम्मेलनले कवि कुमार चन्दकाे अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ ।

जसकाे वरिष्ठ उपाध्यक्षमा दिपक शर्मा, उपाध्यक्ष भाेपाल खडका, महिला उपाध्यक्ष सावित्री मल्ल, सचिव कमल बहादुर थापा र काेषाध्यक्षमा अमर मल्ल चयन हुनुभएको छ ।  सम्मेलनका क्रममा दार्मा गाउँ सम्मेलनमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी सल्यानका काेषाध्यक्ष समेत रहनुभएका प्रताप कुमार चन्द उक्त संगठन परित्याग गरी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गर्नुभएको थियो।

नेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य तथा पूर्व मन्त्री टेकबहादुर बस्नेतकाे प्रमुख आतिथ्यमा बागचौर नगर कमिटी र दार्मा गाउँ कमिटीहरू सम्पन्न गरिएको हाे । नव प्रवेशिका चन्दलाई प्रमुख अतिथि टेकबहादुर बस्नेत , दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी `अरुण´ विशिष्ट अतिथिद्वय प्रदेश सभा सदस्य भिमप्रकाश शर्मा र एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय परिषद् सदस्य डा.पूर्णबहादुर भण्डारीले माला र टिकाले स्वागत गर्नुभएको थियो।

एकीकृत अखिल नेपाल शिक्षक संगठनकाे केन्द्रीय सम्मेलन र जिल्ला सम्मेलनकाे पूर्व सन्ध्यामा सल्यानमा नगर सम्मेलन र गाउँ सम्मेलनलाई तिव्र रुपमा विस्तार गरिदै लगिएको संगठनले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार, ,  ९ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्