हामी परिक्षण प्रसारणमा छौ



सल्यान अखिल (क्रान्तिकारी) शिबजन माबि सल्यानको प्राबिधिक धारतर्फको मुल इकाई सम्मेलन सम्पन्न भएको छ ।

आज मंगलबार सम्पन्न सम्मेलनले भबि पुनको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । प्राबिधिक धार तर्फको इकाई सम्मेलनले उपाध्यक्षमा नवीन परियार, सचिव भुमिका पुन, सह-सचिव हरिदेब बुढाथोकी र कोषाध्यक्षमा अमृता बिश्वकर्मालाई चयन गरेको छ ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य राजेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमलाई सल्यान जिल्ला संयोजक रमेश बिसीले समेत प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार, ,  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्