हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यान शारदा नगरपालिका सितलपाटी को शिवजन माविमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

शुक्रबार हिजो “प्राविधिक शिक्षा आजको आवश्यकता” भन्ने विषयमा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) शिवजन मावि इकाईले शुक्रबार बक्तृत्वकला प्रतियोगीता राखेको हो । 

प्रतियोगीतमा १८ विद्यार्थीले सहभागी रहेको प्रतियोगितामा दिपा बि.क प्रथम , द्वितियि उशा घर्ती मगर र तृतिय भुमा बस्नेतले हुनुभएको थियो । संगठनको शिवजन मावि ईकाई कमिटीका अनुसार विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासको लागि  प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि अखिल क्रान्तिकारी संघसंगठनका केन्द्रिय सदस्य राजेन्द्र भण्डारी, विशिष्ट अतिथि  जिल्ला संयोजक रमेश बुढाथोकी, शिवजन माविका सहायक प्रधानध्यापक शिव लाल थापा रहेका रहनुभएको थियो ।

अखिल क्रान्तिकारी शिवजन मावि इकाई कमिटीका उपाध्यक्ष नवीन परियारको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिव भुमिका पुन गर्नुभएको थियो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार, ,  ९ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्