हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा वृहत साँस्कृतिक मोहत्सव लाग्ने भएको छ।

यहि पौष १३गते देखि २३ गते १० दिन सम्म नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा,सल्यानको आयोजनामा बृहत सल्यान लघु घरेलु उद्योग कृषि, पशु , पर्यटन तथा साँस्कृतिक मोहत्सव सल्यान श्रीनगरमा लाग्ने भएको हो ।महाेत्सवकाे बारेमा जानकारी दिन शनिबार श्रीनगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे थियाे ।

“उद्योग गरौं, उद्यमी बनौं, देश बिकासमा टेवा पुर्याऔँ, मेहनत, सृजना, उत्पादन र बस्तु मेरै नेपालको” भन्ने नाराका साथ सञ्चालन हुने मोहत्सवमा सल्यान जिल्ला लगाएत छिमेकी जिल्लाका किसानले उत्पादन गरेका वस्तु प्रदर्शन गर्न पाउने भएका छन । आयोजकका अनुसार उत्कृष्ट उत्पादनलाई पुरस्कृत समेत गरिने भएको छ ।महोत्सवमा राष्ट्रिय र स्थानीय स्तरका थुप्रै कलाकारको बेजोड प्रस्तुतिको रहने आयोजकले जानकारी दिएको छ। गाउँ घरमा उत्पादित स्थानीय उत्पादनको प्रचार प्रसार गर्ने मुख्य उदेश्य रहेको आयोजकले बताएको छ ।

मोहोत्सवलाई करिब ५० हजारले दर्शकले अवलोकन गर्ने र १ कराेड बराबर कारोबार हुने लक्ष्य आयोजकले लिएको छ। २ सय देखि २ सय ५० सम्म स्टल,पिङ लगायतका मनोरञ्जनात्मक सामाग्री पनि राखिने भएको छ। मोहत्सव अवलोकन गर्नको लागि १०० रुपैया शुल्क तोकिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार, ,  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्