हामी परिक्षण प्रसारणमा छौ



दाङ । दाङको तुलसीपुरमा गत मंसिर २५ गतेदेखि संचालित महोत्सव मा शनिबार प्रकाश सपुत संगै प्रिती आलेको प्रस्तुति हेर्न दर्शकको भिड लागेको छ ।

गत मंसिर २५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको आज ७ औं दिन दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । यूथ्स अफ तुलसीपुरको आयोजनामा गत आईतबारदेखि महोत्सव सुरु भएको हो ।

महोत्सवको ७ औं दिन आज चर्चित गायक प्रकाश सपुत र  गायिका प्रिती आलेले आफ्नो बेजोड प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको गायक तथा मेलाका साँस्कृतिक सह-संयोजक प्रेम विवश घर्तीले जानकारी सल्यानन्युजलाई जानकारी दिनुभयो ।

घर्तीका अनुसार आज २० हजार बढी दर्शकले मेला अवलोकन गर्नुभएको छ । आज प्रकाश सपुतले ‘छाति पोल्यो चरर,धन ल्याउछु भन्दै गएका थियौं,गलबन्दि,डाँडा घरे साँइलि,कुरा बुझ्न पर्छ,यो देश मेरो पनि हैन र ,पिर,दोहरि ब्याटल’ लगाएत चर्चित भाका गाउँदै गर्दा दर्शकहरु भाबुक बन्ने मात्र नभै संगै गाएर साथ  दिएका थिए।

यस्तै चर्चित गायिका प्रिती आले,प्रेम बिवस घर्ती,ढाकाराम गौतम लगायत ले दोहोरी ब्याटल,झ्याउरे लगाएत अन्य गितबाट र प्राकृतिक कला केन्द्र,सगरमाथा डान्स ग्रुपले दर्शकलाई आकर्षक नित्य मार्फत मनोरञ्जन दिनुभएको थियो।

यस्तै भोली पौष ३ गते गायक हेमन्त शर्मा, गायिका ऋतु कँडेल, सन्तोष बस्याल, गायक प्रेमविवश घर्ती, प्राकृतिक कला केन्द्र ,सगरमाथा डान्स ग्रुप लगाएत राष्ट्रिय तथा स्थानियस्तरका कालाकारहरुको प्रस्तुती बेजोड प्रस्तुति रहने आयोजक संस्था युथ्स अफ तुलसीपुरले जनाएको छ ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रबर्द्धन गर्ने थप उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका ३ सय बढी स्टलहरू राखिएको छ । महोत्सव आगामी पुष ६ गते सम्म सञ्चालन हुने आयोजक संस्था युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार, ,  १० : ४४ बजे

प्रतिक्रिया दिनुहोस्