हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । छत्रेश्वरी गाउँपालिका १ दमाचौरदेखि दाङको तुलसीपुर जाँदै गरेको ना ८ ख २५३ नम्बरको बस राप्ती राजमार्गको सिद्धकुमाख गाउँपालिकाको  १ पटारेमा मंगलबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरूमा छत्रेश्वरी गाउँपालिका १ दमाचौरका भद्रवीर खत्री, काल्चेकी ७३ वर्षीया चम्पादेवी शर्मा, ३५ का नारायण प्रसाद हमाल, दहखोलाका ३७ वर्षीय चिरन्जिवी खडका, कल्लेरीका २४ वर्षीय भुपेन्द्र चन्द, त्रिवेणी गाउँपालिका ६ लुहामकी ४० वर्षीया टीका नेपाली, ५१ वर्षीया मायादेवी नेपाली, सिद्धकुमाख गाउँपालिका ३ ढोरचौरकी २३ वर्षीया तुलसा देवकोटा, बाझकाँडाका ३९ वर्षीय राजेन्द्र कुमार चलाउने, शारदा नगरपालिका ६ मदमकाँडाका ३१ वर्षीय खुमलाल केसी, शारदा नगरपालिका १५ स्यालपानीका १९ वर्षीय प्रवेश बोहरा रहनुभएको छ।

घाइते भएका सबैलाई प्रहरी र स्थानीयहरूले उद्धार गरेर श्रीनगर ल्याएको र घाइतेहरुको कान्तिपुर सामुदायिक हस्पिटल श्रीनगरमा उपचार भइ रहेको र २ जना बिरामीलाई नेपालगन्ज रिफर गरिएको अस्पताल संचालक सागर पाण्डेले जानकारी दिनुभयो ।यस्तै केही यात्रुहरु भने उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले बताउनुभयो ।

गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ । बसमा ३९ जना सवार रहेको दुर्घटनाको कारण बारे आफुहरुले अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।
 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार, ,  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्