हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ । सत्ता गठबन्धनमा कुरा नमिल्दा नेकपा एमाले लगायत अन्य दलको सहयोगमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्राेपटक नेपालको ४४ औं प्रधानमन्त्रीको रुपमा नियुक्त हुनुभएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी कुल १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेस गर्नुभएको थियो । त्यस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री पदको शपग्रहण भाेलि (साेमबार) ४ बजे हुने छ ।

दाहाललाई माओवादी केन्द्र,नेकपा एमाले सहित,रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले र केहि स्वतन्त्र सांसदको समर्थन छ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार, ,  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्