हामी परिक्षण प्रसारणमा छौ

कर्णालीमा प्रचण्ड–नेपाल पक्षमा ओली पक्षका दुई मन्त्रीसहित तीन सांसद फर्किए

प्रचण्ड–नेपाल पक्षमा २२ जना सांसद तथा ओली पक्षमा ११ जना



सुर्खेत । कर्णाली प्रदेशमा ओली पक्षका दुई मन्त्रीसहित तीन सांसद प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फर्किएका छन् ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश विधायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाय प्रचण्ड–नेपाल पक्षमा फर्किएको कर्णाली प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी सल्यानन्युजलाई जानकारी दिए । पछिल्लो नयाँ समिकरणसँगै कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित ११ जना तथा प्रचण्ड–नेपाल पक्षमा २२ जना पुगेका छन् ।

ओली पक्षका तीनजना सांसद प्रचण्ड–नेपाल पक्षमा लागेसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित भएको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार, ,  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्