हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली इन्चार्ज यामलाल कँडेल कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित हुनुभएको छ।

संसदीय दलको बुधवारको बैठकले प्रदेश कमिटी अध्यक्ष बिनोद कुमार शाहको प्रस्तावमा कँडेल नेता चयन हुनुभएको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली सह-इन्चार्ज गुलाबजंग शाहले बताउनु भयो।

यसअघि आफ्नै पार्टीका चार सांसदले फ्लोर क्रस गरेर माओवादीलाई साथ दिएका कारण मुख्यमन्त्री बन्नबाट बन्चित कँडेल यसपटक अब वाम गठबन्धन बनेसँगै फेरि मुख्यमन्त्री बन्ने लाईनमा हुनुहुन्छ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार, ,  ४ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्