सल्यान । सल्यानमा बुधवारदेखि बृहत सल्यान लघु घरेलु, उद्योग, कृषि, पशु पर्यटन तथा सांस्कृतिक महोत्सव विभिन्न सांस्कृतिक झाँकीहरुको  र्‍याली  सहित उद्घाटन भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा संचालन भएको महोत्सवको उद्घाटनको दिन आज सल्यानका विभिन्न मौलिक नाचहरु (मयुर, बनगाडी टप्पा, पैसेरू) को झाँकी प्रदर्शनी सहित महोत्सवको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेश प्रकाश सिंहले यो महोत्सवले समग्र सल्यान र कर्णालीको कृषि, पशु तथा घरेलु उत्पादित बस्तुहरुको बजारिकरण र प्रचारप्रसारमा उल्लेखनीय भुमिका हुने बताउनु भयो । उहाँले कला सांस्कृति र घरेलु उत्पादित बस्तुहरुको प्रवर्द्धन गर्न पनि सबैलाइ आग्रह गर्नु भयो ।

भोलि हुने सांस्कृतिक कार्यक्रममा चर्चित लोक दोहोरी गायक गोपाल नेपाल जिएमको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Error generating audio.

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार, ,  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्