हामी परिक्षण प्रसारणमा छौ




दाङ । दाङमा बेवारिसे अवस्थामा फेला परेका एक जना पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमकस अनुसार मंगलबार बेलुका ७ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १८ स्वर्गद्धारी गेट नजिक नामथर नखुलेका अन्दाजी ५०/५५ वर्षिय एक जना पुरुषको मृत्यु भएको हो।

प्रवक्ता गौतमका अनसार स्वर्गद्धारी आश्रमको गेट नजिक बेहोस भएर लडिरहेको अवस्थामा फेला पारी उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको थियो । उनको प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार सवा ७ बजे मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

साथै प्रहरीले मृतक व्यक्तिलाई पहिचान गरेको खण्डमा जिल्ला प्रहरी कार्यालय दाङको कार्यालयमा सम्पर्क गर्न अनरोध गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार, ,  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्