हामी परिक्षण प्रसारणमा छौ



दाङ । ब्राजिलका पूर्व खेलाडी तथा महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।

इन्स्टाग्राममा पेलेकी छोरी केली न्यासिमेन्टोले महान फुटबलर पेलेको निधनको पुष्टि गर्दै लेख्नुभएको छ,’हामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको हो। हामी तपाईंलाई धेरै माया गर्छौँ। हार्दिक श्रद्धाञ्जली!’

यसअघि पेलेले तीन पटक सन्  १९५८, १९६२ र १९७० मा आफ्नो देश ब्राजिलका लागि विश्वकपको उपाधि चुम्न सफल हुनुभएको थियो। पेले पछिल्लो समय क्यान्सर रोगसँग लडिरहनुभएको थियो।

पेलेले ब्राजिलबाट चार वटा विश्वकप खेल्दा तीनवटाको उपाधि उचाल्न सफल हुनुभएको थियो। सन् १९७१ मा ब्राजिल राष्ट्रिय टिमबाट पेलेले आफ्नो खेल जिवनबाट सन्यास लिनुभएको थियो। तस्बिर साभार : पेलेको फेसबुकबाट

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार, ,  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्