हामी परिक्षण प्रसारणमा छौ



दाङ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व हर्स उल्लासका साथ आज देशभर मनाइरहेका छन् ।

दाङमा बसोबास गर्ने गुरुङ समुदायले पनि आज जिल्लाका विभिन्न स्थानमा यो पर्व मनाइरहेका छन् । यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका-३,दमारगाउँमा भेला भएर गुरुङ समुदायले यो पर्व मनाइरहेका छन् । गुरुङ समुदायहरु आफ्नो संस्कृति झल्काउने पोशाकसहित र्‍याली गरेर सांस्कृतिक कार्यक्रम सहित सहभागी हुन तुलसीपुर आसपाबाट यतिबेला दमारगाउँ गुम्बा मा पुगेको अबस्था छ ।

आज काठमाडौंको टुँडिखेलमा समेत बिशेष साँस्कृतिक कार्यक्रम का साथ गुरुङ समुदायले तमु ल्होसार पर्व हर्स उल्लासका साथ मनाइरहेका छ्न् । यस संगै लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत,दाङ,रसुवा,नुवाकोट लगायतमा जिल्लामा तमु ल्होसार भव्यताका साथ मनाउने गरिन्छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार, ,  ४ : १७ बजे

प्रतिक्रिया दिनुहोस्