हामी परिक्षण प्रसारणमा छौ



दार्मा । प्रचण्ड‐माधव समूहको नेकपाले दार्मा गाउँ पालिका स्तरिय अगुवा कार्यकर्ताको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अनौपचारिक रुपमा पार्टी विभाजन भएको अबस्थामा नेकपाको प्रचण्ड नेपाल पक्षले दार्मा गाउँपालिकाको फारुलाचौरमा आइतबार आफ्ना अगुवा कार्यकर्ताको भेला तथा प्रशिक्षण सम्पन्न गरेको जनाएको छ । नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनवाट बोल्दै ज्वालाले योजनाबद्ध र षडयन्त्रमुलक ढंगले प्रतिनिधि सभाको विघटन गरिएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालाले ओलीको पछिल्लो कदमले नेपालमा अस्थिरता कायम गर्ने, गणतन्त्र र संघीयतालाई असफल बनाउने प्रपञ्च रचिएको र सोही कारण संसद विघटन गरिएको तर उक्त प्रपञ्च असफल बनाउन आफूहरु आन्दोलनमा उत्रिएको उहाँले बताए । उनले सल्यानमा दुई तिहाइ बढी नेता कार्यकर्ता आफ्नो साथमा रहेकाले विचलित नभएर एकजुट भएर ओलीले गरेका असंबैधानीक कदमको बिरोध गर्न कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय परिषद् सल्लाहकार समिति सदस्य उमाकान्त शर्मा, जिल्ला कमिटी सचिव कर्णवहादुर वुढाथोकी, क्षेत्र नं १ का इन्चार्ज कृर्तिवहादुर पुन (प्रकाण्ड), कर्णाली प्रदेश कमिटी सदस्य निम बहादुर केसी, भिम प्रकाश शर्मा, जिल्ला कमिटी सदस्य रमेश कुमार गौतम,अखिल नेपाल शिक्षक संगठनका पूर्व केन्द्रीय अध्यक्ष रत्नबहादुर ओली,भिमला देवी चन्द लगाएतको सहभागिता रहेको थियो । गाउँ कमिटी अध्यक्ष असविर पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन पार्टी सचिव दल बहादुर केसीले गरेका थिए ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार, ,  ९ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्