हामी परिक्षण प्रसारणमा छौ



काठमाडौ । राहदानी विभागको केन्द्रीय सिस्टममा आएको समस्याले आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले बताएको छ । 

राहदानी विभागका निर्देशक दुर्पदा सापकोटाका अनुसार अहिले समस्या समाधानका लागि बिभागले निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्ने भएकोले  अर्को सूचना जारी नहुँदासम्म आजदेखि राहदानी लिन नआउन सेवाग्राहिलाई विभागले आग्रह गरेको छ ।

नियमित रुपमा राहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट’ मिति बुक गरेका सेवाग्राहीले तोकिएको मितिमा विभागमा उपस्थित हुन आग्रह गरेको छ। यस्तै राहदानी सेवा अवरुद्ध भएको भन्दै विभागले सेवाग्राहीसँग क्षमा मागेको छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार, ,  ५ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्