हामी परिक्षण प्रसारणमा छौ



सल्यान । मुक्तिनाथ विकास बैंकले आफ्नो १७ औं वार्षिक उत्सव भब्य रुपमा मनाएको छ । २०६३ पुस १९ देखि सञ्चालनमा आएको बैंकले आफ्नो वार्षिकउत्वसको अवसरमा सल्यानमा समेत विविध कार्यक्रम आयोजना गरि मनाएको छ।

मंगलबार सल्यान श्रीनगर शाखाले आयोजना गरेको १७ औं वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि तथा सल्यानका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले बैंकले नाफा मुलुक मात्रै नभई सेवामुलक रुपमा काम गर्नुपर्ने बताउनु भएको भयो। शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले मुक्तिनाथ बिकास बैंक श्रीनगर शाखाले यस भेगका दुरदराज मा रहेका जनता को सेवा गर्दै आएको र त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो।

सो अवसरमा बैंकका सल्यान श्रीनगर शाखा प्रबन्धक शिव प्रसाद कुमाइले बैंकको श्रीनगर शाखालाई साथ दिने आफ्ना ग्राहक, नियमक निकाय, कर्मचारी एवं शुभचिन्तकहरुलाई धन्यबाद दिदै भन्नुभयो, ‘हामि आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्नेछौं र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र विकासमा योगदान दिने गरि अघि बढ्नेछौं ।’

बैंकका श्रीनगर शाखा अन्तर्गत कर्जा बिभाग प्रमुख हरि प्रकाश वलीले बैंकको श्रीनगर शाखाले हासिल गरेका उपलब्धि, बर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्व अन्तर्गत बेलाबखत सल्यानमा पनि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिनुभयो।

१७ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकको सल्यान श्रीनगर शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उद्योग बाणिज्य संघ सल्यानका महासचिव मोहन सारु,जिल्ला स्थित सुरक्षा निकाएका प्रमुख,ब्यापारी,राजनीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । यस्तै बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल माध्यममार्फत एकैसाथ थप १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको औपचारिक रुपमा सुरु गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार, ,  १० : ५९ बजे

प्रतिक्रिया दिनुहोस्