हामी परिक्षण प्रसारणमा छौ



काठमाडौं । गत मंसिर ४ मा भएको निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका दीपेन्द्र कुमार पुनमगर (सिजल) पुनः नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनका सझा उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुन विरुद्ध स्वतन्त्र  स्वतन्त्र उम्मेदवारी दिनुभएका दीपेन्द्र पुन साढे ५ हजार भन्दा बढी मत अन्तरले विजयी हुनुभएको थियो । निर्वाचनमा दीपेन्द्र  पुनले १४ हजार ९२७ र तत्कालीन साझा गठबन्धनका उम्मेदवार अमरसिंह पुनले १० हजार ४०६ मत पाउनु भएको थियो ।

माओवादी केन्द्रको पोलिटव्युरो सदस्य तथा रोल्पा जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहनुभएका पुनले स्वतन्त्र उम्मेदवारी दिएसंगै माओवादी केन्द्रले आफ्नो पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको थियो । उनै पुनले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामुसामु आफ्नो  आत्मालोचना पत्र पेश गर्दै पुनःपार्टीमा फर्केर जिम्मेवारीमा रहन चाहेको उल्लेख गर्नुभएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाइदिएर स्वागत गर्नुभएको छ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार, ,  २ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्