हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले तत्कालीन तथा पञ्चवर्षीय आवधिक योजना निर्माण गर्ने भएको छ ।

कपुरकोट गाउँपालिका सल्यानको आन्तरिक प्राकृतिक श्रोत साधन, मानब साधन ,स्थानीय पुँजीको पहिचान गर्न आवधिक योजना निर्माण गर्न लागिएको हो । आवधिक योजना निर्माण गर्दा गाउँपालिकामा बसोबास गर्ने अति विपन्न , दलित, एकल महिला, जेष्ठ नागरिक, बालबालिका,पिछडिएका बर्ग लगायतका नागरिकको सामाजिक, आर्थिक,शैक्षिक अवस्था सुधारका लागि जोड दिइने प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।

आवधिक योजना निर्माणमा कपुरकोट गाउँपालिकाले तत्कालीन तथा पाँच वर्ष भित्र गर्न सकिने भौतिक पूर्वाधार, सामाजिक विकास ,शैक्षिक सुधार, आर्थिक विकास, कृषि, पशु  विकास, वन व्यवस्नथापन लगायतका विषयलाई प्राथामिकता दिइने वलीले बताउनु भयो।

आवधिक योजना निर्माण गर्दा राष्ट्रिय प्राथामिकता, अन्तराष्ट्रिय सरोकार, प्रादेशिक आवश्यकतालाई आधार मान्दै संघीय सरकार ,प्रदेश सरकार तथा स्थानीय तहको फरक फरक शीर्षकमा आउने बजेट लाई कसरी जनतामुखी परिचालन गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिइने आवधिक योजना निर्माण विज्ञ दुर्गा प्रसाद पोख्रेलले जानकारी दिनु भयो ।

योजना निर्माण पश्चात गाउँपालिकाको सम्रग विकास र बजेट परिचालनका लागि महत्वपूर्ण सहयोग पुग्ने कपुरकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल कठायतले बताउनु भयो  ।


प्रकाशित मिति : २० पुस २०७९, बुधबार, ,  ३ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्