हामी परिक्षण प्रसारणमा छौ



सल्यान । “नेपालमा प्रारम्भिक बाल बिकास शिक्षा र बिकास कार्यक्रम सबलीकरणका लागि प्रारम्भिक सिकाइ तथा बिकास मापदण्ड परियोजना” सम्बन्धि परिचयात्मक कार्यक्रम बुधबार सल्यान खलंगामा सम्पन्न भएको छ ।

कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, उप प्रमुख सुस्मिता सापकोटा, निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, २ नम्बर वडाअध्यक्ष सबिन हमालका साथै नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरुको सहभागीता रहेको थियो ।

नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव श्रोत बिकास केन्द्र संगको साझेदारीमा युनिसेफको सहयोग र शारदा नगरपालिका संगको सहकार्यमा सेतो गुराँस रास्ट्रीय बाल बिकास केन्द्रको आयोजनामा २०७९ कार्तिक देखि २०८१ जेष्ठ सम्म यो परियोजना नगरपालिकामा संचालन हुनेछ ।

परियोजनाको बारेमा सहभागीहरुलाइ आयोजक संस्थाका कार्यसमिति सदस्य नर बहादुर पाख्रीन, अनुगमन मुल्यांकन अधिकृत पदम सुन्दर लिम्बूले परियोजनाको बारेमा जानकारी दिनु भएको थियो ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार, ,  ६ : १९ बजे

प्रतिक्रिया दिनुहोस्