हामी परिक्षण प्रसारणमा छौ




सल्यान । जिल्लाको शारदा नगरपालिका वडा नम्बर–३ पौवाबारीस्थित खडगदेवी प्राथमिक विद्यालयका कार्यालय सहयोगी करिब ५३ वर्षीय तीर्थबहादुर सेजवालको प्रतीक्षालयबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको शिवपार्वती मन्दिर परिसरमा निर्माण गरेको प्रतीक्षालयबाट उनी लडेका थिए। प्रतीक्षालयबाट लडेर करिब ५ मिटर तल खस्दा टाउकोमा गहिरो चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले जानकारी दिनुभयो ।

सेजवाल शनिबार राति लडेका हुन् । प्रतीक्षालयबाट लडेर मृत्यु भएका उनको स्थानीय तथा आफन्तले आइतबार बिहान थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। लडेर मृत्यु भएका सेजवालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लगिएको बताइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार, ,  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्