दाङ । ओली वंश अक्षयकोषले केन्द्रीय बबिराज ओली स्मृति पुरुस्कार यसबर्ष सल्यानका सुवास ओलीलाई प्रदान गरेको छ।

हरेक बर्ष देशभरिका ओलीका छोराछोरी मध्ये कक्षा-१० (एस.इ.इ) मा उत्कृष्ट नतिजा ल्याउने एक जनालाई प्रदान गरिने बबिराज ओली स्मृति पुरुस्कार यस बर्ष सल्यान बागचौर नगरपालिका वडा नम्बर-४,मोख्या डाँडा सल्यान निवासी सुवास ओलीलाई प्रदान गरिएको हो।

ओली वंश अक्षयकोषद्वारा बबिराज ओली स्मृति पुरस्कारबाट पुरस्कृत सुवास ओलीले गत बर्षको एस इ.इ मा दाङको पब्लिक ज्ञानज्योति मा बि तुल्सिरपुरबाट सहभागी भएर (३.९५ जिपिए) ल्याएर दाङ जिल्ला प्रथम हुनुभएको थियो । हाल पब्लिक ज्ञानज्योतिमा कक्षा ११ मा अध्ययरत सुवासलाई ओली वंश समन्वयन समितिका केन्द्रीय सचिव जागेस्वर ओली ले पुरस्कर स्वरुप आज दाङ तुलसीपुरमा नगद १० हजार र प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

Error generating audio.

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार, ,  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्