सल्यान। धनिराम केसी स्मृति स्वास्थ्य पोषण पत्रकारिता पुरस्कारबाट यसबर्ष नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसी पुरस्कृत हुनुभएको छ ।

बागचौर नगरपालिका-१,थारमारे सल्यान निवासी स्वर्गीय धनिराम केसीका सुपुत्र नीरज केसीले आफ्ना बुवा स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै कोरोना महामारीको समयमा मृत्युवरण गरेकोले स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकार केसीलाई यसबर्ष नगद सहित सम्मान गरिएको बताउनु भयो ।

आफ्नो बुवाले ३४ बर्ष सम्म स्वास्थ्य क्षेत्रमा काम गरेको र आफुले पनि स्वास्थ्य तथा पोषण क्षेत्रमा काम गर्ने भएकाले बुवाको सम्झनामा पत्रकारलाई सम्मान गर्ने सोचका स्वास्थ्य क्षेत्रमा कलम चलाउने एक पत्रकारलाई हरेक बर्ष सम्मान गर्ने  बताउनुभयो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले स्वास्थ्य नै सबैभन्दा ठुलो भएकाले सबै भन्दा पहिले आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्ने बताउनुभएको छ ।

सामाजिक क्षेत्रमा स्वर्गीय धनिराम केसीले गरेका कामको प्रशंसा गर्दै उहाँले शारदा नगरपालिकाले पनि नगरपालिकाले गरेका राम्रा नराम्रा कामको बारेमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने बताउनुभयो । पत्रकारलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने आफ्नो योजना रहेको उहाँको भनाइ छ । नेपाल पत्रकार महासंघका उपाध्यक्ष सरिता चलाउनेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहसचिव बुद्धि पुनले गर्नुभएको थियो ।

Error generating audio.

प्रकाशित मिति : २५ पुस २०७९, सोमबार, ,  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्