हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचौर नगरपालिकामा स्कारपियो दुर्घटना हुँदा तिन जना घाइते भएका छन् ।

मंगलबार साँझ बागचौर नगरपालिका बसपार्क नजिकै लु ३ च ७८४ नम्बरको स्कारपियो गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय थारमारेका अनुसार बागचौर देखि थारमारे तर्फ जादै गर्दा घुम्तिमा स्कारपियो दुर्घटना भयको हो ।

उक्त दुर्घटनामा परि बागचौर ४ सिमखोलिका अन्दाजी बर्ष २६ का दिपेन्द्र बस्नेत, बागचौर ३,थाराचौरका प्रेम डाँगी र बागचौर ९ कुयापानीका बर्ष २६ का प्रभाकर वली सामान्य घाइते हुनुभएको छ। हाल घाइतेहरुको उपचार जनप्रिय पोलिक्लिनिक बागचौरमा भैरहेको पोलिक्लिनिकले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार, ,  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्