हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानका विभिन्न किसानबाट तरकारी लगायत अन्य खाद्यन्नको बिउ लिएर व्यापारी बेपत्ता भएका छन् ।

चितवन एग्रो सिडका पाटनर शिवानन्द वलीले तरकारी तथा खाद्यान्नको बिउ लगी बेपत्ता भएको हिरा चन्दले जानकारी दिनु भयो । २० टन मकैको बिउ र ८३ किलो काँक्रोको बिउ लिएर वली बेपत्ता भएको उहाँले बताउनु भयो । अभियान कृषि सहकारी संस्थाबाट २० टन र आफ्नै पसलबाट किसानहरूबाट सङ्कलन गरेको ८३ किलो काँक्रोको बिउ लिएर व्यापारी बेपत्ता भएको उहाँले बताउनु भयो । लाखौँ बिउ लिएर व्यापारी बेपत्ता भएपछि किसानहरूले भने अहिले आफुहरु निकै समस्यामा परेको गुनासो गरेका छन् । 

किसानले बिउको पैसा माग्न थालेपछि घर बैङ्कमा धितो राखी ऋण निकालेर पैसा तिरेको उहाँको भनाई छ । उहाँले भन्नु भयो किसानहरूले आफ्नो परिश्रमको पैसा मागी राखेपछि उक्त पैसा तिर्न आफ्नो घर बैङ्कमा धितो राखेर ऋण निकालेकी छु । बैङ्कको व्याज पनि तिर्न नसक्ने भएपछि बैङ्कले पनि चिठ्ठी काटी रहेको छ । 

धेरै पटक व्यापारीलाई सम्पर्कमा ल्याउने प्रयास गरे पनि सफल नभएपछि कम्पनीलाई मुद्दा हालेको चन्दले बताउनु भयो ।  

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार, ,  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्